ए डिभिजन लिगः आजबाट नवौँ चरणका खेल शुरु हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट नवौँ चरणका खेलहरू शुरु हुँदैछन् ।

दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा खेल्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन लिगको छैटौँ र एपीएफ तालिकाको दशौँ स्थानमा छन् ।

आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो यूथ क्लब खेल्नेछन् । खेल दशरथ रंगशालामै दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

तालिकाको दोस्रो स्थानमा रहेको मनाङ सातदोबाटोलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ । सातदोबाटो तालिकाको आठौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *