यस्तो बन्यो नदी दोहनविरुद्धको गीत ‘ए कालीगण्डकी’

काठमाडौँ । मानव जगत् र प्रकृतिबीच अन्याेन्याश्रित सम्बन्छ स्थापित छ । मानिसले आफ्नाे जीवन र जीविकाका लागि प्रकृतिकाे उपयोग र दुरुपयोग दुबै गर्दै आएकाे छ । पछिल्लाे समय दुरुपयाेग बढ्दै जाँदा यसको कुप्रभावले मानिसलाई नै सताउन थालेको छ । जललायु परिवर्तन, विश्वब्यापी तापमानमा भइरहेको बृद्धि, प्राकृतिक विपत्ति लगायतले पुष्टि गर्दै आएका छन् ।

आफ्नो सहजताका लागि प्रकृतिमाथिको अधिक दोहनलाई प्रकृति स्वयम्‌ले नै नसहेको घटना धेरै छन् ।

पछिल्लो समय नेपालमा धेरै खोलानाला दोहनको शिकार बन्दै गएका छन् । यस्तै मानिसको दोहन खेप्दै आएको नदी हो कालीगण्डकी ।

यही विषयलाई समेटेर कवि श्रवण मुकारुङले एक गीत सिर्जना गरेका छन् । ‘ए कालीगण्डकी माकुराको माउ भयो तिम्रो जिन्दगी’ बोलको गीत अब सुन्न पनि सकिने भएको छ । मुकारुङकै शब्द र संगीत रहेको गीतमा कर्णदासकाे स्वर छ ।

पोस्टर कविताको रूपमा तयार कवितालाई धेरै दर्शकहरूको चाहनाअनुरूप गीतको रूप दिएको मुकारुङले बताएका छन् । गीतकाे कोरसमा अशोक मुकारुङ, पदम राजनमगर र रिदम कँडेलले साथ दिएका छन् । संगीत संयोजन रिदमले नै गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *