लिम्बु ख्यालीलाई मिसाउँदै अभयाको ‘लैजाऊ टाढा’

काठमाडौँ । गायिका अभया सुब्बाको ब्यान्ड अभया एन्ड स्टिम इन्जिन्स स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा अभया सुब्बा र ब्यान्डले ‘लैजाऊ मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । बुधवार त्रिसारामा भएको उक्त कार्यक्रममा सुब्बाले दमदार प्रस्तुति दिएकी थिइन् ।

उनले उक्त कार्यक्रममा आफ्नो साङ्गीतिक करिअरको विषयमा “मेरो १९ वर्षिय ब्यान्डको यात्रामा पैसा त कमाइएन तर साथीभाइ चाहिँ कमाएको रहेछु ।” भन्ने अभिव्यक्त दिएकी थिइन् ।

उनले सार्वजनिक गरेको नयाँ गीतमा लिम्बु भाषाको ख्यालीलाई पनि स्थान दिइएको छ ।

उनी आफ्ना स्वर्गीय बुवालाई सम्झिँदै उनैलाई सम्झिएर लेखेको ‘माझिदाई’ गीत गाउँदा भावुक समेत बनिन् । उनले आफूले ब्यान्ड सुरु गर्दाको समयमा ५० जनाको अगाडि प्रस्तुति दिएको सम्झिँदै भनिन् “तपार्ईहरुको साथ पाए पाइला अगाडि बढ्छ ।”

कार्यक्रममा अभिनेत्री मल्लिका महत, गायिका इन्दिरा जोशी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, अल्ट्रारनर मिरा राई लगायतको उपस्थिति रहेको थियो ।


गीतमा अभया सुब्बाको शब्द, स्वर र कम्पोज रहेको छ । भिडियोमा डिल्ली फोम्बो र अस्मि श्रेष्ठ फिचर छन् । सुमित श्रेष्ठको छायांकन र विभूषण श्रिजोङहाङ सुब्बाको निर्देशन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *