गायनमा फर्किए प्रेम परियार

काठमाडौँ । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा बटुलेका गायक प्रेम परियारले गायनमा कम ब्याक गरेका छन् । ‘यो मुटु त तिम्रै हो’ गीत मार्फत परियार पाँच वर्ष पछि गायनमा फर्किएका हुन् ।

गीतमा विष्णु निरौलाको शब्द तथा राजेश थापाको संगीत छ । राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडिओमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय छ । सागर प्रधानको छायाङ्कन र साहिल लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *