पुछारको नर्विचलाई हराउँदै चौथो स्थानमा उक्लियो वेस्टह्याम

इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको नर्विच सिटीलाई २-० ले पराजित गर्दै वेस्टह्याम अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा वेस्टह्यामसँग २-० ले पराजित हुँदा नर्विचको २० औ खेलमा तीन अंक जोड्ने सपना भने पुरा हुन सकेन । जितसँगै वेस्टह्याम भने शीर्ष चारको दाबेदारीमा कायमै रहेको छ ।

वेस्टह्यामको जितमा फर्वाड जरोड बौवेनले दुवै गोल सम्भव बनाए । उनले कौउफाको पासलाइ सदुपयोग गर्दा ८३ औ मिनेटमा मसुअकुको पासलाई सदुपयोग गर्दै खेल २-० ले आफ्नो पक्षमा पारे । हल सिटीबाट २०२० मा २० मिलियन पाउन्डमा अनुबन्धन भएका बोवेनले जारी सिजन सबैखाले प्रतियोगितामा गरी कुल २० गोल गरिसकेका छन् ।

जितसँगै वेस्टह्याम २१ खेलबाट ३७ अंक सहित चौथो स्थानमा उक्लिएको छ । आर्सनल ३५ अंक सहित पाँचौँ स्थानमा रहँदा टोटेनह्याम ३३ अंक सहित छैटौँ स्थानमा छ । म्यानचेस्टर सिटी ५३ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =