प्रिन्सको ऐतिहासिक सफलता: विश्व वरियताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली

काठमाडाैँ । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टन वरियताको शीर्षस्थानमा पुग्न सफल भएका छन् । उनले प्राप्त गरेको यो उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनैपनि समूहमा सर्वाधिक उच्च हो ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिँदै नयाँ इतिहास बनाए । पछिल्ला वर्षहरूमा लगातार वरियता सुधार गर्दै आएका प्रिन्सले गत वर्ष आफूलाई सर्वाधिक उच्च तेस्रो स्थानमा राखेका थिए ।

सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो । प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ । कोरोना महामारीका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा उनको अंकमा पनि परिवर्तन भएको छैन ।

मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *