स्पेनिस सुपर कप

बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा पुगेको हो ।

साउदी अरबको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि अतिरिक्त समयमा खेलाइएको खेलमा रियलले गोल गर्दै बाजी मारेको थियो । रियल म्याड्रिडका लागि निर्णायक गोल फेडेरिको भालभेर्डेले खेलको ९८औं मिनेटमा गरेका थिए ।

यसअघि खेलको २५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४१औं मिनेटमा लूक डी जोंगले बार्सिलोनाका लागि गोल गर्दै पहिलो हाफमा खेल बराबरी गरेका थिए । त्यसपछि खेलको ७२औं मिनेटमा करिम बेन्जमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएका थिए भने खेलको ८३औं मिनेटमा अन्सु फातीले बार्सिलोनाका लागि गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए ।

योजितपछि रियल म्याड्रिड स्पेनिस सुपर कपकाे फाइनलमा पुगेको छ । अब रियल म्याड्रिड दोस्रो सेमिफाइनल एटलेटिको म्याड्रिड र एथलेटिक बिल्बाओबीचको विजेतासँग फाइनलमा खेल्ने छ । दोस्रो सेमिफाइनल आज राती हुनेछ भने फाइनल खेल जनवरी १६ मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *