गृहजिल्लामै कमजोर बने भीम रावल, ओलीपक्षीय बोहरा अध्यक्षमा विजयी

धनगढी । नेकपा एमाले अछामको अधिवेशनमा ओली पक्षीय चन्द्र बोहरा विजयी भएका छन् । उनी नेता भीम रावल निकट प्रकाश शाहलाई १२४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार बोहराले ४३१ मत प्राप्त गरे भने रावल निकट शाहले ३०७ मत मात्रै पाए । नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए ।

अध्यक्षमा ओली पक्षका बोहरा विजयी भएपनि पदाधिकारीमा भने शाह प्यानलकै वर्चश्व छ । उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर ३ सय ८६ मत ल्यार विजयी भएका छन् भने उनका प्रतिद्वन्दी भीम विष्टले ३ सय १३ मत ल्याए ।

सचिवमा शाह प्यानलकै भीम रावल ९कालो टोपी०ले ४ सय ५३ मत ल्याएर विजय भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी बोहरा प्यानलका आर्दश साउँदलाई १९५ मत अन्तरले पराजित गरे । साउँदले २ सय ५८ मत मात्रै प्राप्त गरे ।

यस्तै उप–सचिवमा शाह प्यानलका प्रेम महरले २ सय ५२ मत र बोहरा प्यानलका डम्मर विसीले २ सय ६० मत ल्याएर विजय भएका छन् । बोहरा प्यानलका टोपबहादुर शाही ८ मतले पराजित भएका छन् । शाह प्यानलका प्रेम खत्रीले २ सय २१ मत ल्याएर विजयी भए ।

उपसचिवमा स्वतन्त्र लडेका लिलाराज केशीले १ सय ३९, शेरबहादुर वुढा ७२ र नवराज साउँदले ६५ मत प्राप्त गरेर पराजित भएका छन् । जिल्लामा ७ सय ६२ जना मतदाता रहेकोमा ७ सय ५० मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *