परीक्षण गरिएकामध्ये झण्डै एक चौथाइमा कोरोना संक्रमण

काठमाडौँ । नेपालका कोरोना भाइरस संक्रमण (कोभिड-१९) को संक्रमण दर झन् बढ्दै गएको पाइएको छ । बुधबार थप ३ हजार ७५ जनामा (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमूना परीक्षण गरिएकोमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो । यो परीक्षणको २३ दशमलव ५ प्रतिशत हो । यो अघिल्लो दिनको तुलनामा झण्डै ७ प्रतिशतले बढी हो ।

मंगलबार (हिजो) परीक्षण गरिएकामध्ये १६ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै हप्ताको पहिलो दिन आइतबार ९ दशमलव २ प्रतिशतमा कोभिड संक्रमण देखिएकोमा सोमबार यो प्रतिशत बढेर १२ दशमलव ६ पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *