संख्या मात्र होइन, परीक्षणका आधारमा संक्रमितको प्रतिशत पनि बढ्दै

काठमाडौँ । कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको छ । आइतबार १ हजार १ सय ६७ जनामा कोभिड–१९ पुष्टि भएकोमा सोमबार १ हजार ४ सय ४६ हुँदै मंगलबार २ हजार ४ सय ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संख्याको आधारमा मात्र नभइ परीक्षण गरिएकाे संख्याका आधारमा अर्थात् प्रतिशतबाट हेर्दा पनि कोभिड–१९ संक्रमितको प्रतिशत बढेको देखिन्छ । आइतबार जम्मा १२ हजार ६ सय ३२ जनाका परीक्षण गर्दा १ हजार १ सय ६७ अर्थात् ९ दशमलव २ प्रतिशतमा कोभिड–१९ को संक्रमण पुष्टि भएको देखिन्छ ।

सोमबार ११ हजार ४ सय २९ जनाको परीक्षण गर्दा १ हजार ४ सय ४६ जनामा अर्थात् १२ दशमलव ६ प्रतिशतमा कोभिड–१९ पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा ३ दशमलव ४ प्रतिशत बढी हो । यसैगरि मंगलबार १५ हजार ३३ जनाको परीक्षण गरिएकोमा २ हजार ४ सय ४४ जनामा अर्थात् १६ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सोमबारको तुलनामा ३ दशमलव ८ प्रतिशत बढी हो । यसरी हेर्दा दिनहुँ कोभिड–१९ संक्रमितको संख्या मात्र होइन परिक्षण गराएकाहरूको प्रतिशतका हिसाबले पनि धेरै संक्रमित भएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *