सुधीर र सुनिशाको ‘ओके छ त’ सार्वजनिक

काठमाडौँ । सुधीर श्रेष्ठ र सुनिशा बजगाईँको अभिनय रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । गीतमा सुदिता राई र विजय शंखरको स्वर रहेको छ । गीतलाई विजय शंखर र मुनाल शिशिर कोइरालाले संयुक्त रूपमा लेखेका हुन् ।

दीपकराज विश्वकर्माले संगीतबद्ध गरेको यस गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् । भिडिओ उत्तम हुमागाईँले खिचेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडिओ मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *