टेलिभिजन सिरिजमा वर्षा

काठमाडौँ । अभिनेत्री वर्षा राउत टेलिभिजन सिरिज ‘किन मायामा’ मा अनुबन्धित भएकी छन् । असीम शाहले निर्देशन गर्ने सिरिजको मुख्य भूमिकामा उनी देखिँदै छिन् । सिरिजमा आसिफ शाहकाे पनि मुख्य भूमिका रहनेछ । सिरिजका अन्य कलाकारहरू भने छनौटको क्रममा रहेका छन् ।

सिरिज जी–ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको हो । १३ एपिसोडमा बन्ने सिरिजको छायाङ्कन कोरोनाभाइरस महामारीको अवस्थामा केही सुधार आएपछि हुनेछ । वर्षा पछिल्लो समय फिल्म ‘लाखे’ को छायांकन गर्दै छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *