स्टारडमको प्रश्नमा पलको यस्तो जवाफ

काठमाडौँ । पल शाहले स्टारडमको प्रश्नमा कसैको स्टारडम नाप्ने यन्त्र के हो ? भन्ने जवाफ दिएका छन् । ‘ओ साजन २’ गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो जवाफ दिएका हुन् । ‘उनी सबै नेपाली दर्शकको मनमा बस्न चाहन्छन् । उनको चाहना भनेको बालकदेखि वृद्ध सम्मको मनमा छाउनु हो रे । त्यसैले यस्तो विषयले आफूलाई नछुने,’ उनले बताए ।

चलचित्रमै गीत धेरै हुन्छ, म्युजिक भिडिओ यति धेरै किन ? भन्ने प्रश्नको जवाफमा समेत उनले आफ्नो चलचित्र फ्लप भएमा, आफ्नो अभिनय रहेको भिडियोको भ्युज नगएमा, नकारात्मक टिप्पणी मात्रै आएमा यस्तो आरोप लगाउन नमिल्ने बताए ।

पल शाह र कविता राय फिचर्ड गीतमा नरेश जोगीको शब्द तथा संगीत रहेको छ । गीतमा अनु चौधरी, सोनु कुश्मी र सङ्गीतकार जोगीको स्वर छ । मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानको छ ।

यस्तै ‘ओ साजन’ र ‘ओ साजन २’ निर्माण गरेको पिके फिल्मस् ब्यानरले यही ‘ओ साजन’ नाममा चलचित्र समेत बनाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *