आईसीयूमा लता मंगेशकर

मुम्बई । गायिका लता मंगेशकरलाई काेराेना संक्रमण पुष्टि भएकाे छ । यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतबाट प्राप्त जानकारीअनुसार उनमा सामान्य लक्षण देखिएकाे छ । यसपछि उनलाई घरनजिकै रहेको अस्पताल क्यान्डी भर्ना गरिएको हो ।

लता मंगेशकरको स्वास्थ्य अनुगमन गर्न चिकित्सकको विशेष टोली खटाइएको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । रिपोर्ट पोजेटिभ आएपछि उनको पारिवारिक चिकित्सकको सल्लाहमा उनलाई आज बिहान अस्पतालको आईसीयू युनिटमा भर्ना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *