अस्ट्रेलियन सरकार विरुद्ध जोकोभिचले जिते कानुनी लडाँई

अस्ट्रेलिया । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन सरकार विरुद्धको कानुनि लडाँइ जितेका छन् । अस्ट्रेलियन ओपनमा सहभागि हुन मेलवर्न पुगेका जोकोभिचलाई प्रधानमन्त्रीको निर्देशनमा एयरपोर्टाबाटै फिर्ता गर्ने निर्णय अस्ट्रेलियाले गरेपछि उनी अदालत गएका थिए ।

मेलवर्न स्थित एक अदालतमा जोकोभिचले एयरपोर्टबाटै फिर्ता पठाउने अस्ट्रेलियन सरकारको निर्णय विरुद्ध उजुरी दिएका थिए । जसमा अदालते सोमबार फैसला गर्दै सरकारको निर्णय खारेज गरेको छ । अदालतको आदेश सँगै उनले १३ जनवरी देखी सुरु हुने वर्षको पहिलो ग्रान्डसलाम अस्ट्रेलियन ओपन खेल्न सक्ने संभावना बढेको छ ।

जोकोभिचको मुद्दामा न्यायाधिश एन्थोनी केलीले उनलाई तत्काल स्वतन्त्र गर्न र उनको पासपोर्ट लगायत जफत गरिएका सामानहरु फिर्ता दिन समेत सरकारलाई निर्देशन दिएको छ । सरकारले फिर्ता पठाउने निर्णय गरेपछि जोकोभिच एक होटलमा रहेर मुद्दा लडिरहेका थिए ।

३४ वर्षिय जोकोभिच अस्ट्रेलियन ओपनको उपाधि रक्षाका लागि गत साता मेलबर्न आएका थिए । तर उनले कोभिड विरुद्धको खोप नलागाएको भन्दै अस्ट्रेलियन प्रधानमन्त्रीले उनलाई एयरपोर्टबाटै फिर्ता पठाउन निर्देशन दिएका थिए । अदालतमा सरकारले उनलाई सफाइका लागि पर्‍याप्त मौका नदिएको स्विकार गरेको थियो ।

जोकोभिचका वकिलले २० पटकका ग्रान्डसलाम च्याम्पियन जोकोभिच विहिबार एयरपोर्ट पुगेका थिए। यद्धपि उनलाई त्यसबाट बाहिर जान भने दिएको थिएन । उनलाई भिजाको साथमा कोभिड विरुद्धको भ्याक्सिनको सर्टिफिकेट नभएको भन्दै फिर्ता पठाउने निर्णय अस्ट्रेलियन सरकारले गरेको थियो ।

यद्धपि उनका वकिलले उनी कोभिड संक्रमित भएको र डक्टरको सल्लाह अनुसार केहि समय कोभिड भ्याक्सिन लगाउन नमिल्ने भएकाले फरक-फरक मेडिकल सर्टिफिकेटका साथमा उपस्थित भएको दाबि गरेका थिए । उनले आयोजकलाई जानकारी गराएकै कारण भ्याक्सिन विनापनि उनलाई सहभागि गराउने निर्णय आयोजकले लिएको अदालत सामु बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *