माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको तयारी

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने भएको छ । मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठकाअनुसार विद्यालय बन्द गर्ने विषयमा एक चरण छलफल भइसकेको छ । सम्भवतः आज बेलुकासम्म आधिकारिक सूचनासहित विज्ञप्ति जारी गरिने उनले बताए । उनले भने, ‘विद्यालय बन्द गर्नेबारे एक चरण छलफल भइसकेको छ । आज साँझसम्म आधिकारिक विज्ञप्ति नै आउँछ, सीसीएमसीको सिफारिसकै आधारमा मन्त्रालयले निर्णय गर्छ ।’

यो पनि : देशभरका विद्यालय बन्द हुने तर कलेज खुल्ने

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमण  बढ्दै गएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समेत फैलन सक्ने खतरा बढेकाले सावधानी अपनाउन सीसीएमसीले अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *