देशभरका विद्यालय बन्द हुने तर कलेज खुल्ने 

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्न थालेपछि भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने तयारी थालेको छ । विद्यालय बन्द गर्ने बारेको सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले मकालुखबरलाई जानकारी दिए ।

देशभरका विद्यालय बन्द भए पनि कलेज भने अहिले बन्द नहुने प्रवक्ता शर्माले बताए । उनले भने, ‘देशैभरका विद्यालय नै बन्द हुन्छन्, तर कलेज बन्द हुँदैनन् । यसबारे मन्त्रालयको सार्वजनिक सूचना आउँदैछ ।’  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र  सीसीएमसीको सिफारिसअनुसार थप निर्णय गर्ने तयारी भए पनि आजै बैठक बस्ने नबस्ने एकिन भइनसकेको शिक्षा मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिए ।

सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । आइतबार बसेको सीसीएमसी बैठकले सरकारलाई कोरोना महामारीबाट बच्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने लगायत खोप कार्ड अनिवार्य गर्नुपर्ने १३ बुँदे सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *