माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस

काठमाडाैँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेकाे छ । प्रवक्ता सुनिता नेपालकाअनुसार आइतबार बसेकाे सीसीएमसीकाे बैठकले माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

यो अवधिको बिदालाई हिउँदे बिदामा बदल्न पनि सिफारिस गरिएको प्रवक्ता  नेपालले जानकारी दिइन्। सीसीएमसीको यो सिफारिसका आधारमा सरकारले निर्णय गर्न भने बाँकी छ ।काेराेना संक्रमण बढेकाे भन्दै सरकारले विद्यालय बन्द गरेर जोखिम कम गर्ने नीति लिइएको हो ।

शुक्रबार मात्रै २४ जना काेराेनाभाइरसकाे ओमिक्राेन प्रजातिकाे संक्रमण देखिएकाे थियाे ।

त्यसपछि भने अवस्था हेरेर आवश्यक निर्णय लिने सीसीएमसीले जनाएकाे छ ।

(यसअघि विद्यालय बन्दको निर्णय भएको भन्ने ब्यहोरा सच्याइएको छ। सम्पादक)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *