सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने

काठमाडौँ । सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने तयारी गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने’ निर्णय गरेको हो ।

सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म देशभरिका विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

यस्तै अब माघ ३ गतेदेखि पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ । सीमा नाकामा कोभिड परीक्षण बढाउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *