पीएम कप आजदेखि : ७ वर्षपछि टी-ट्वेन्टीको घरेलु प्रतियोगिता हुँदै

काठमाडौँ । घरेलु टी-२० क्रिकेट प्रतियोगिता प्रधान मन्त्री (पीएम) कप आजदेखि शुरु हुँदै छ । यसअघि एकदिवसीय प्रतियोगिताका रूपमा खेलिँदै आइएको प्रतियोगिता यो पटक टी-ट्वेन्टी फर्म्याटमा हुन लागेको हो ।

नेपाल टी-ट्वेन्टी विश्वकप क्रिकेट छनोटको तयारीमा रहेकाले त्यस प्रतियोगितालाई समेत मध्यनजर गर्दै यसपटक पीएम टी-ट्वेन्टी फर्म्याटमा गर्न लागिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ओमानमा हुने टी-२० विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने प्रशिक्षक पुवुदु दशानायकेले बताइसकेका छन् ।

५ माघसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता रहनेछ । १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गराइने छ । हरेक समूहका शीर्ष दुई टीमले अन्तिम चारमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल ४ माघमा हुँदा फाइनल ५ माघमा हुने छ। नेपालमा ७ वर्षपछि टी-ट्वेन्टी घरेलु राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

कुन टिम कुन समूहमा 
समूह ‘ए’ मा साबिक विजेता त्रिभुवन आर्मीसहित  कर्णाली प्रदेश,  नेपाल पुलिस,  सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् । त्यस्तै समूह बी मा नेपाल एपिएफ,  प्रदेश नम्बर २,  बागमती प्रदेश,  लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

आज चार खेल
प्रतियोगिताका खेलहरू कीर्तिपुर र मुलपानीमा हुनेछन्। उद्घाटन खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेशले कीर्तिपुरमा प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा एपीएफ र प्रदेश २ दिउँसो १ बजे कीर्तिपुरमा नै खेल्नेछन् ।

त्यस्तै मुलपानीमा आज हुने पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दोस्रो खेलमा बागमती र लुम्बिनी खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =