एफ ए कपमा लिभरपुलको पुनरागमन जित

काठमाडौँ । लिभरपुलले एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो चरणमा लिग वान क्लब श्रेयसवरि टाउनलाई ४-१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औँ मिनेटमा लिभरपुल विरुद्ध अप्रत्याशित अग्रता लिएको थियो । तर लिभरपलले ३४ औँ मिनेटमानै काइदे गोर्डोनको गोलमार्फत खेललाई बराबरीमा ल्यायो ।

पहिलो हाफमानै अग्रता दिलाउने क्रममा लिभरपुलका लागि ब्राजिलियन मिडफिल्डर फाविनहोले ४४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । उनले २०२० पछि एनफिल्डमा गोल सम्भव बनाए ।

फिरमिनोले ७८ औँ मिनेटमा अग्रता ३-१ मा पुर्‍याउँदा चौथो गोल फाविनहोकै नाममा रह्यो उनले अतिरिक्त समयको तेस्रो मिनेटमा टीमका लागि चौथो गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =