अन्तरङ्ग तस्बिर भाइरल नगर्न ज्याकलिनको आग्रह

काठमाडाैँ । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज र सुकेश चन्द्रशेखरको अन्तरङ्ग तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै सञ्चार माध्यमलाई आफ्नो यस्तो गोप्य तस्बिर भाइरल नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यहाँका जनताले मलाई अथाह माया र सम्मान दिएका छन् । यसमा मेरा मिडिया साथीहरू पनि पर्छन् । मैले तपाईँहरू सबैबाट केही सिकेको छु । अहिले म कठिन समयबाट गुज्रिरहेको छु । म मिडियामा रहेका मेरा साथीहरूलाई निजी जीवन र गोपनीयतामा हस्तक्षेप गर्ने यस्ता तस्बिरहरू प्रसारित नगर्न अनुरोध गर्दछु । तपाईँहरू आफ्ना निकट कसैको यस्तो तस्बिर फैलाउनु हुँदैन, त्यसैले मलाई लाग्छ कि तपाईँले मेरा तस्बिरहरू समेत भाइरल गर्न बन्द गर्नु हुनेछ । साथै आशा छ तपाईँहरूले म माथि अन्याय गर्नु हुन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *