घरेलु मैदानमा मनाङको शतप्रतिशत जित
२०७८ पुस २४ गते

पोखरा । शनिबार पोखरा रंशालामा भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० गोल अन्तरले हराएको छ । मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे । खेलको ४३ औं मिनेटमा मनाङले अग्रता दोब्बर बनाएको थियो।
विश्व अधिकारीको फ्रिकिकमा डिबक्समा अनमार्क रहेका आफिजले आकर्षक हेड गर्दै टीमलाई पहिलो हाफमा २९० को अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि मनाङले रवाफिलो प्रदर्शन जारी राख्यो।
८६ औं मिनेटमा मनाङका दिनेश राजवंशीले गोल गरे। कर्नर बललाई हेड गर्दै आफिजले मनाङलाई ४-० को अग्रता दिलाए। आफिजले ह्याट्रिक भने अतिरिक्त समयमा पुरा गरेका थिए । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ ।
२०७८ पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








