फिफा अवार्ड सर्ट लिस्ट: वर्ष खेलाडीमा मेसी, लेवान्डोस्की र सलाह

काठमाडाैँ । अन्तराष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा अवार्ड’का लागि विभिन्न विधामा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । वर्ष खेलाडी पुरुषतर्फ पिएसजी स्टार लियोनल मेसी (अर्जेन्टिना), बार्यन म्युनिख स्टार रोबर्टो लेवान्डोस्की (पोल्यान्ड) र लिभरपुल स्टार मोहमद सलाह (इजिप्ट) रहेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको सर्ट लिस्टमा महिलातर्फ वर्ष खेलाडीमा चेल्सीकी साम केर (अस्ट्रेलिया) बार्सिलोनाकी जेनिफर हेर्मोसो (स्पेन) र बार्सिलोनाकै एलेक्सिया पुटेलास (स्पेन) अन्तिम तीनमा पर्न सफल भएका छन् ।

अवार्ड विजेताको तय अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय टिम र पत्रकार तथा समर्थकको भोटका आधारमा गरिँदै आएको छ । सन् २०२० मा पुरुषतर्फ यो अवार्ड लेवान्डोस्कीले जितेका थिए। फिफाले विजेताको नाम १७ जनवरीमा ज्युरिचमा घोषणा गर्ने जनाएको छ ।

मनोनयनमा परेका अन्य विधा

वर्ष पुरुष प्रशिक्षक:
पेप ग्वार्डीवाला (स्पेन/म्यानचेस्टर सिटी)
रोबर्टो मान्सिनी (इटाली/ इटालियन राष्ट्रिय टीम)
थोमस टुचेल (जर्मनी/चेल्सी)

वर्ष उत्कृष्ट महिला प्रशिक्षक
लुइस कोर्टेस (स्पेन/बार्सिलोना)
एम्मा हाएस (इंग्ल्यान्ड/चेल्सी)
सरिना विग्मान (नेदरल्यान्ड/डच राष्ट्रिय टिम/इंग्लिस राष्ट्रिय टीम)

वर्ष उत्कृष्ट गोलरक्षक पुरुष
म्यानुएल नुएर (जर्मनी/वार्यन म्युनिख)
इडुवार्ड मेन्डी (सेनेगल/चेल्सी)
जियानलुगी डोनारुम्मा (इटाली/एसी मिलान, पिएसजी)

वर्ष उत्कृष्ट गोरक्षक महिला
अन्ना-कट्रिन बर्गर (जर्मनी/चेल्सी)
क्रिश्टिनी एन्डलर (चिली/ पिएसजी, लियोन)
स्टेफिन लबि (क्यानडा/रोसेनगार्ड/पिएसजी)

फिफा पुस्कास अवार्ड (वर्ष उत्कृष्ट गोल)
एरिक लामेला – टोटेनह्याम (विरुद्ध आर्सनल, १४ मार्च)
प्याट्रिक सिच- चेक रिपब्लिक (विरुद्ध स्कटल्यान्ड, १४ जुन)
मेहदी तारेमी- पोर्टो (विरुद्ध चेल्सी, १२ अप्रिल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *