गृह जिल्लामा गायक राजु परियारलाई सम्मान

लमजुङ । लोक तथा दोहोरी गायक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला संगठन लमजुङको आठौँ जिल्ला अधिवेसनको अवसरमा लमजुङको सुन्दरबजार नगरपालिकामा शुक्रबार गायक परियारलाई सम्मान गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गर्नुभएको हो ।

नेपाली लोक गीतलाई विश्वभर चिनाउन सफल भएकाले परियारलाई सम्मान गरिएको एमाले लमजुङका सचिव सुवास पौडेलले बताए । जन्मभूमीमा आफुलाई सम्मान गरेकोमा परियारले खुशी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *