एसी मिलानको सानदार जित, युभेन्ट्स रोकियो

काठमाडौँ । इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दा युभेन्ट्सले बराबरीको नतिजा निकालेको छ । गएराति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई मिलानले ३-१ ले पराजित गरेको हो ।

घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

खेलको ७४औँ मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । त्यसपछि इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटिएको थियो । जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौँ स्थानमा छ ।

अर्को खेलमा युभेन्ट्सले घरेलु मैदानमा नापोलीसँग १-१ गोलको बराबरी खेलेको छ । खेलको २३औँ मिनेटमा ड्राइज मेरटेन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसपछि खेलको ५४औँ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलमा कुनै गोल नभएपछि दुवै टिमले अंक बाडे । यो बराबरीपछि नापोलीको २० खेलमा ४० अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ भने युभेन्ट्सको २० खेलमा ३५ अंक भएको छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *