‘दौड’ बनाउँदै निर्देशक घिमिरे  

काठमाडौँ । चलचित्र निर्देशक मदन घिमिरेको निर्माण तथा निर्देशनमा चलचित्र ‘दौड’ निर्माण हुने भएको छ । चलचित्रमा प्रेम कथासँगै एक्सन र कमेडी समेत रहने छ । चलचित्र निर्माणका लागि उनले विकास बोर्डबाट अनुमति समेत लिएका छन् ।

चलचित्रको कथा समेत घिमिरे स्वयम्ले तयार गरेका छन् । पटकथाको काम चलिरहेको चलचित्रको कलाकार र प्राविधिक समेत छनौटको क्रम चलिरहेको छ । चलचित्र फागुनमा फ्लोरमा जाने छ । घिमिरे निर्देशित पछिल्लो चलचित्र ‘आँधी तुफान २’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *