एसेज सिरज : चाैथाे टेस्टमा पनि अस्ट्रेलियाको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । जारी एसेस सिरिजको चाैथाे खेलमा पनि अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । सिड्नीमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन घरेलु टाेली अस्ट्रेलियाले ८ विकेट गुमाएर ४१६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गर्‍याे ।

जवाफी इनिङ थालेको इंग्ल्यान्ड दिनको समाप्तिमा बिनानाेक्सानी १३ रन बनाएकाे छ । अस्ट्रेलियालाई उच्च स्कोरमा पुर्‍याउन उसमान ख्वाजाले १३७, स्टिभ स्मिथले ६७, मार्कस हेनरिसले ३८, मिचेल स्टार्कले ३४ र डेभिड वार्नरले ३० रन बनाए ।

इंग्ल्यान्डका स्टुआर्ट बोर्डले सर्वाधिक ५ विकेट लिंदा जेम्स एन्डरसन, मार्क उड, जो रुटले समान १-१ विकेट लिए । पाँच खेलको टेस्ट सिरिज अस्ट्रेलियाले यसअघिनै ३-० ले जितिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *