एशिया कपका लागि प्रारम्भिक टोलीमा परे यी २८ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एशिया कपको प्रारम्भिक टोलीमा २८ खेलाडीलाई बोलाएको छ ।

क्यानले बुधबार कप्तान इन्दु बर्मासहित २८ खेलाडीलाई बोलाएको हो ।

श्रीलंकामा १९–२८ जुलाईमा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ’ए’ मा रहेको छ । यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन् ।

नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने छ । यो खेल १९ जुलाईमा हुने छ । यस्तै, दोस्रो खेल २१ जुलाईमा यूएईसँग खल्ने छ ।

समूह चरणको अन्तिम खेल नेपालले २३ जुलाईमा भारतसँग खेल्ने छ । दुई समूहको विजेता र उपविजेता टोलीले सेमिफाइनल खेल्ने छन्। सेमिफाइनका विजेता टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रारम्भिक टोली : इन्दु बर्मा (कप्तान), रुबिना छेत्री, सीता राणामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार (विकेटकिपर), खुशी डंगोल,लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा बिष्ट, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, हेलिशा गुरुङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *