क्यानडाका मुख्य प्रशिक्षक दासानायके बर्खास्त, यस्तो छ कारण

काठमाडौँ । क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायेकेलाई बर्खास्त गरेको छ ।

क्रिकेट क्यानडाका नवनिर्वाचित उपाध्यक्ष गुरदीप क्लेयरले पबुदु टोलीका लागि अब आवश्यक नरहेको बताएका छन् ।

क्रिकबजका अनुसार उनीसँग खेलाडीहरू असन्तुष्ट रहेका थिए । त्यसैले खेलाडीहरूले बोर्डलाई पत्र लेखेका थिए । उक्त पत्रमा खेलाडीहरूले आफ्नो नाम राखेका थिएनन् ।

क्रिकेट क्यानाडाले उक्त पत्र हात पारेसँगै पबुदुलाई बर्खास्ती गरेको हो । क्यानडाले पबुदुको स्थान कसले लिने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

श्रीलंका–क्यानाडाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी पुबुदु सन् २०२२ को जुलाईमा क्यानाडाको प्रशिक्षकका रूपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।

पुबुदुले क्यानाडालाई विश्वकपमा छनोट गराएका थिए । यस्तै, उनले सन् २०२३ मा क्यानडालाई ओडीआई मान्यता पुनः दिलाएका थिए । उनकै प्रशिक्षणमा क्यानडाले सीडब्ल्यूसी च्यालेन्ज लिगबाट सीडब्ल्यूसी लिग २ मा पदोन्नति पनि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *