त्रिवेणी कप बीवाईसीलाई

पोखरा । मोफसलमा सञ्चालन हुने चर्चित प्रतियोगिता त्रिवेणी कपको २९औँ संस्करण बुद्ध युवा क्लब (बीवाईसी) क्लबले जितेको छ । फाइनलमा काठमाडौँको टोखा भगवती क्लबलाई २-० ले पराजित गर्दै लमजुङको बीवाईसीले उपाधि जितेको हो ।

विजेता बीवाईसीले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेताले ३ लाख पुरस्कार प्राप्त गरेको छ । त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता हो । प्रतियोगिता अन्तर्गत सेमी फाइनल खेलेको टीमले ५०/५० हजार रुपैयाँ पाए ।

सर्वाधिक गोलकर्ता बीवाईसीका फकुल्ने आवुयोमी र टोखाका अरमाण बेडुम बने । टोखाकै अमित लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई जनही १५ हजार पुरस्कार दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *