अस्ट्रेलियाले रद्द गर्‍यो जोकोभिचको भिसा

काठमाडाैँ । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचको भिसा अस्ट्रेलियाले रद्द गरेको छ । कोरोनाविरुद्धको भ्याक्सिनबारे जोकोभिचले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगर्दा अस्ट्रेलियाका प्रधानमन्त्रीले कानुन भन्दा माथि कोही नरहेको अभिव्यक्ति दिएका थिए ।

अस्ट्रेलियाले आफ्नो देश प्रवेशमा अनिवार्य भ्याक्सिन लगाएको हुनुपर्ने बताएको छ । उनी अस्ट्रेलिया प्रवेश गरेसँगै नाटकीय रूपमा उनको भिसा रद्द गरिएको हो । उनलाई एयरपोर्टमा केही घण्टा राखिएको थियो । त्यसपछि अधिकारीहरूले उनले प्रवेश नियम पूरा नगरेको भन्दै ‘डिपोर्ट’ गरेका थिए । फिर्ता तयारीका लागि उनलाई एक होटलमा राखिएको छ ।

अस्ट्रेलियन ओपन टेनिसका लागि उनी मेलर्वन पुगेका थिए । यद्यपि उनले कोरोना भाइरसविरुद्धको खोप लगाए-नलगाएको सार्वजनिक नगरेपछि उनको पक्ष र विपक्षमा आवाजहरू उठिरहेको छ । तर जोकोभिचले अस्ट्रेलियन ओपन टेनिसका लागि उनलाई आयोजकले खेल्नकै लागि एक दिन पहिले खोपका बारेमा उनलाई छुट दिइएको थियो ।

तर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोही पनि व्यक्ति नियम भन्दा माथि नरहेको भन्दै उनले आफू सुरक्षित रहेको प्रमाण पेश गर्नु पर्ने बताएका थिए । जोकोभिचले खोप लगाउनु पर्ने नियमलाई चुनौती दिएका थिए । जोकोभिचको टिमले खोप नलाएको अवस्थामा अस्ट्रेलिया प्रवेशका लागि दिइने छुटसहितको भिसामा रोक लगाउनु पर्ने बताएका थिए । जोकोभिचले अहिलेसम्म आफूले खोप लगाए/नलगाएकोबारे आधिकारिक रुपमा केही बताएका छैनन् ।

वकिलहरूले भिसा रद्द गर्ने निर्णय उल्ट्याउने प्रयास गरिरहँदा जोकोभिचलाई डिपोर्टका लागि एक होटलमा राखिएको जनाइएको छ । उनी अस्ट्रेलियामै रहने वा नरहने भन्ने खुलेको छैन । प्रधानमन्त्री मोरिसनले ट्विट गर्दै नियम भन्दा माथि कोही नरहेको बताएका थिए । उनले ‘नियम भनेको नियम नै हो, अझ हाम्रो सीमासँग जोडिएको विषयमा त कोही पनि यी कानुन भन्दा माथि हुनै सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *