कारवाओ कप

टोटेनह्याममाथि चेल्सीको सहज जित

काठमाडौँ । कारवाओ कप अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सीले जित निकालेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले टोटेनह्याममाथि २-० को जित निकालेको हो ।

चेल्सीको जितमा काइ हाभर्टजले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको पाँचौ मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औँ मिनेटमा विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

त्यसपछि कुनै गोल हुन नसक्दा चेल्सी विजयी भएको हो । अब दोस्रो लेग टोटेनह्यामको मैदानमा १२ जनवरीमा हुनेछ । यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ । टोटेनह्यामलाई कम्तीमा पनि ३-० को जित आवश्यक छ । कारवाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *