श्रीमती पीडित तक्मे बुढा (भिडिओ)

काठमाडौँ । पछिल्लो समय कमेडी गीत बन्न कम भएको छ । यस्तोमा विल्सनविक्रम राई ‘तक्मे बुढा’ ले यस प्रकारको गीत सार्वजनिक गरेका छन् ।

‘आलु मिठो उसिनेको’ बोलको गीतमार्फत उनले श्रीमती पीडितको कथालाई ‘कमिक’ शैलीमा प्रस्तुत गरेका छन् ।

पिकनिकको रमझममा गीतको माध्यमबाट उनले श्रीमतीले दिएको पिडा व्यक्त गरेका छन् । गीतमा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ भने पूर्वेली भाकाको स्वाद पाइन्छ ।

शब्द, संगीत र स्वर नै राई को रहेको गीतमा संगीत संयोजन राजु कार्कीको रहेको छ । मनोज कार्कीले खिचेको भिडिओ राईले नै निर्देशन गरेका हुन् ।

राईलाई अभिनयमा मनीषा हिङमाङ , रोशा साम्बा, सन्ध्या राई, जस्मिन राई लगायतले साथ दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *