घरेलु मैदानमा वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वोल्भ्ससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा वोल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेड घरेलु मैदानमा वोल्भ्ससँग स्तब्ध भएको हो । खेलमा ८२औँ मिनेटमा जोआओ मोउटिनहोले वोल्भ्सका लागि गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि वोल्भ्स १९ खेलमा २८ अंक हासिल गर्दै लिगमा ८औँ स्थानमा पुगेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेको १९ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *