घरबेटीलाई लड्डु खुवाएर बेहाेश बनाइ लुटपाट

धनगढी । धनगढीमा घरबेटीलाई लुड्डु खुवाइ बेहोश बनाएर भाडामा बस्दै आएका दुई भारतीय नागरिकले घर लुटपाट गरेर फरार भएका छन् । धनगढी उपमहानगरपालिका–३ मिलन चोकका प्रशुराम बाँनियाको घरमा बस्ने दुई भारतीयले लुटपाट गरेर फरार भएका हुन् ।

गत पुस १५ गतेदेखि भाडामा बस्दै आएका उनीहरूले आइतबार राति आफूहरूलाई लड्डु खुवाएर बेहोश बनाइ लुटपाट गरेको बानियाँले बताए । होस आएपछि घरबाट दुई थान मोबाइल सेट, दुई सिक्री, एक सुनको ब्रेसलेट, औँठी र चाँदीसहित नगद चोरी भएको थाहा पाएको उनले बताए ।

अहिले बेहोश भएका दम्पतीको धनगढीस्थित निर्सग हस्पिटलमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान शुरू गरिएकाे बताएका छन् । साथै उनले घर भाडामा बस्न आएकाहरूकाे जानकारी लिएर मात्रै भाडामा बस्नु दिनुपर्ने कुरामा सजग हुनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *