रेशम चाैधरीले खोले नयाँ दल, अध्यक्षमा श्रीमती (तस्बिरहरू)

काठमाडौँ । रेशम चौधरीले नयाँ दल गठन गरेका छन् । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद चौधरीले आफ्नो श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्षमा प्रस्ताव गरेर नागरिक उन्मुत्ति पार्टी गठन गरेका हुन् ।

दल दर्ताका लागि साेमबार नै अध्यक्षमा प्रस्तावित श्रेष्ठसँग चाैधरीका समर्थकहरू निर्वाचन आयाेग पुगेका थिए । चौधरीका समर्थकहरू खुलामञ्चमा जम्मा भएर नयाँ दल दर्ताको खुसीयाली मनाएका छन् । समर्थकहरूले नाराजुलुशसमेत लगाएका थिए ।

यसअघि राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचनमा सहभागी भएका चाैधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर, कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *