पुष्कर निर्देशित हिन्दी गीत ‘जिला मुरादाबाद’ सार्वजनिक

काठमाडौँ । चलचित्रको खल पात्रको रूपमा परिचित पुष्कर भट्टले निर्देशनमा फड्को मारेका छन् । उनले हिन्दी गीतको भिडियो निर्देशन गरेका हुन् । उनी निर्देशित ‘जिला मुरादाबाद’ गीत सार्वजनिक भएको छ । प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् ।

भिडिओमा पुष्कर भट्ट आफैँ फिचर छन् । भिडिओमा पुष्कर सँगै भारतीय कलाकारहरू सुखविन्दर सिंह जसल, जग दीप बाबा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको अभिनय छ ।

पुष्करसहितको टिमले भिडिओमा उठान गरेको कथामाथि वेब सिरिज समेत बनाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने योजना सहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका छन् भने मुख्य खलनायकको भूमिकामा उनी आफैँ प्रस्तुत भएका छन् ।

५ भागको वेब सिरिज बनाउन ठुलो खर्च भएको जानकारी दिँदै उनले सिरिज क्यानडामा छायांकन भएको बताएका छन् । ‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले नै वेब सिरिजको निर्माणसँगै मुख्य नायकको रूपमा अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *