उपत्यका र तराईमा हुस्सु, दिउँसो आंशिक बदली हुने

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *