जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र रु नौ लाख ९० हजार जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *