‘ए’ डिभिजन लिगमा आज सातदोबाटो र हिमालयन खेल्दै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणको अन्तिम दिन दशरथ रंगशालामा एक मात्रै खेल हुँदैछ । दिउँसो १ बजे हुने खेलमा सातदोबाटो यूथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तालिकाको मध्यभागमा रहेका दुवै क्लबबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । सातौँ खेल खेल्दै गर्दा दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । यस खेलको विजेता टोलीलाई शीर्ष पाँचमा उक्लने मौकासमेत रहेको छ ।

नवप्रवेशी सातदोबोटोको कप्तानी डिफेण्डर मानबहादुर तामाङले गर्नछन् । उनी गत सिजन शेर्पाको जर्सीमै थिए । शेर्पाको कप्तानीमा फरवार्ड विश्वास श्रेष्ठ रहेका छन् ।

सातदोबाटो ६ खेलमा ८ जोडेर सातौँ स्थानमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौँ स्थानमा रहेको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गरेसँगै मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *