लिभरपुलसँग चेल्सीको कमब्याक बराबरी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुलसँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा चेल्सी र लिभरपुल २-२ गोलको बराबरी खेलेका हुन् ।

दुई गोलले पछि परेको चेल्सीले शानदार कमब्याक गर्दै खेल बराबरी गरेको थियो । खेलका चारै गोल खेलको पहिलो हाफमा भएका थिए । खेलको ९औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि खेलको ४२औँ मिनेटमा चेल्सीका लागि माटेओ कोभाकिकले गोल गरेका थिए भने ४५औँ मिनेटमा चेल्सीका क्रिस्टियन पुलासिकले गोल गर्दै खेल बराबरी गरेका थिए । यस खेलमा लिभरपुलका म्यानेजर जोर्गन क्लोप कोरोना सङ्क्रमणका कारण टच लाइनमा उपलब्ध थिएनन् भने विवादास्पद अन्तर्वार्ता दिएका रोमेलु लुकाकुलाई चेल्सीले ड्रप गरेको थियो ।

यो बराबरीपछि चेल्सीको लिगमा २१ खेलमा ४३ अंक भएको छ भने दोस्रो स्थानमा कायम रहेको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको २० खेलमा ४२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *