रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिड गेटाफेसँग १-० ले पराजित भएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्दा रियल पराजित भएको हो ।

हारसँगै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रियल ३ अक्टोबर २०२१ म स्पान्योलसँग २-१ ले पराजित भएयता अपराजित रहेको थियो ।

घरेलु मैदानमा सुरुवाती अग्रता दिलाउने क्रममा इनेस उनलले नवौँ मिनेटमानै गोल गरेका थिए । सोही गोल नै निर्णायक हुँदा २०१२ पछि रियललाई पराजित गर्न गेटाफे सफल भयो ।

खेलमा दोस्रो हाफमा रियलले लगातार दबाब बढाएपनि गोल गर्न सकेन । लुका मोड्रिचले गरेको प्रहार क्रसबारमा लाग्दा सम्भावित बराबरीबाट रियल विमुख भयो । त्यसपछि पनि दुवैतिरबाट गोलका प्रयास गरेपनि थप गोल हुन सकेन ।

शीर्ष स्थानको रियल पराजित भएपनि १९ खेलबाट ४६ अंक रहेको छ । हारपछि दोस्रो स्थानको सेभियासँग ११ अंकको अग्रता बनाउने अवसरबाट वञ्चित भयो ।

जारी सिजन रियल उपाधि दौडमा एकलौटी रूपमा अघि बढेको छ । पराजित भएपनि रियलले दोस्रो स्थानको सेभियासँग ८ अंकको अग्रता बनाउन सफल भएको छ । रियललाई पराजित गरेको गेटाफे १८ अंक बनाएर १६ औ स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *