मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि

काठमाडाैँ । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड सङ्क्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड सङ्क्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकबाट फर्किएपछि उनीहरूमा कोभिड पोजेटिभ देखिएको हो । जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई यसअघि कोभिड देखिएको थियो ।

विन्टर ब्रेकमा मेस्सी स्वदेश फर्किएका थिए । पीएसजीले हाल आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था ठिक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *