‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा छनोट

काठमाडौँ । नेपाली नाटक ‘क्लेशाः’ भारत रङ्ग महोत्सवमा छनोट भएको छ । महोत्सव नेसनल स्कूल अफ ड्रामा (एनएसडी) ले आयोजना गर्न लागेको नाटक विजया कार्कीले निर्देशन गरेकी हुन् । कर्मन कला समूहले निर्माण गरेको नाटक प्रतीक्षा कट्टेलले लेखेकी हुन् ।

फेब्रुअरी १ देखि २१ तारिखसम्म चल्ने महोत्सवमा क्लेशाः दिल्लीस्थित एनएसडीमा ७ तारिख र उडिसामा ९ तारिख मञ्चन गरिने तालिका छ । नाटकमा सुरक्षा पन्त, सिर्जना अधिकारी, रुजु शर्मा, सबिन थापा, राज खड्का, स्वप्निल घिमिरे, प्रतीक मरहट्ठा, सुदिप खतिवडा, तुफान थापा, अमृत काउचा, जीवन नाथ पौडेल र सबिन भट्टराईको अभिनय रहेको छ ।

यसअघि मण्डला नाटक घरमा मञ्चन भएको नाटक लकडाउनको समयमा ‘क्वारेनटाइन अभियान नाट्य महोत्सव’ मा समेत मञ्चन गरिएको थियो । ४ दशकअघिको समाजलाई  चित्रण गरिएको यो नाटकबाट नै  अभिनेत्री सुरक्षा पन्तले रंगमन्च डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *