मिसेस् नेपाल वर्ल्ड २०२१ बनिन् दीक्षा

काठमाडौँ । काठमाडौँकी दीक्षा केसी प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ बनेकी छन् । आर्मी अफिसर्स क्लबमा शनिवार सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रश्नको जवाफ दिएर उनले उपाधि प्राप्त गरेकी छन् । उनलाई ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनु हुनेछ?’ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ बनेकी हुन् ।

योसँगै उनले ‘मिसेस वर्ल्ड’ मा सहभागिता गर्ने अवसर समेत प्राप्त गरिन् ।

प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उषाले प्रतियोगितामा मस्ट ट्यालेन्टेड तथा मस्ट बोल्डको उपाधि समेत हात पारिन् ।

रिबन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा सुनिता लामा फस्ट रनर अप, राजश्री थापा सेकेन्ड रनर अप र मनिता प्याकुरेल थर्ड रनर अप भए । प्रतियोगितामा माधुरी कर्णले बेस्ट स्माइल, भ्यूअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस् टुरिजम एम्बेस्डरको अवार्ड जितिन् भने लक्ष्मी जोशीले पब्लिक च्वाइस अवार्ड हात पारेकी छन् ।

अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको कार्यक्रमको अश्विनीकान्त झा कोरियोग्राफर रहेका थिए । अनुराधा कोइराला, राजेश हमाल, प्रशान्त ताम्राकार, अश्रेता कार्की चौधरी, राजकुमार क्षत्री तथा अखिल चापागाईँ प्रतियोगिताको निर्णायक रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *