५० लाख नगदसहित सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

काठमाठौँ । ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । काठमाडौँस्थित एयरलाइन्सको असिस्टेन्टको रूपमा कार्यरत रेखा शाक्य पोखरेललाई स्रोत नखुलेको ५० लाख नगदसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौँ आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।

झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्घोष भएको नपाइएको प्रहरीको भनाइ छ । उक्त रकम संकलन गर्न आउने पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *