मुटुको चालमा समस्या आएपछि सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । ७ दिनदेखि थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइएको छ ।

नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले पछिल्लो पटक सोमबार तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

तर स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा रहेका सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डएिसपी रञ्जन अवाले जानकारी दिए ।

सिरोहियालाई काठमाडौं ल्याएर मेडिसिटी अस्पतालमा भर्ना गरिने भएको छ ।

सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेको बताइएको छ ।

जिल्ला अदालतले तीन पटक तीनरतीन दिनका दरले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *