स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । सन् २०२२ को जनवरी १ देखि लागु हुने गरी उनी डेपुटी सीईओमा नियुक्त भएका हुन् ।

सन् १९९४ मा बैंकिङ करिअरमा प्रवेश गरेका राणासँग २७ वर्ष लामो बैंकिङ अनुभव छ । त्यताका राणा स्ट्यान्डर्ड चार्टर्डको रिटेल र प्राइभेट बैंकिङमा आवद्ध भएका थिए ।

सन् १९९६ मा कर्पोरट र संस्थागत बैंकिङमा काम सुरु गरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज आदी पदमा रहेर काम गरिसकेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *