आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा सिटीले १० खेलाडीमा समेटिएको घरेलु टोली आर्सनलमाथि २-१ को पूनरागमन जित दर्ता गरेको हो ।

खेलको ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिएका थिए । तर खेलको ५७औं मिनेटमा सिटीका रियाद महारेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । त्यसपछि सिटीका लागि रोड्रीले खेलको ९३औं मिनेटमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

खेलमा खेलको ५९औं मिनेटमा आर्सनलका गाब्रियलले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । जितसँगै सिटीको २१ खेलबाट ५३ अंक पुगेको सिटीले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको चेल्सीलाई ११ अंकले पछि पारेको छ । पराजित आर्सनल २० खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *